माधव समूहका भक्तपुर जिल्ला अध्यक्ष केसीले छाडे नेपालको साथ

भक्तपुर । नेकपा एमाले समानान्तर कमिटी चलाएर बस्नुभएका भक्तपुर जिल्लाका अध्यक्ष रजन केसीले माधव नेपालको साथ छोड्नुभएको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माधव नेपालबीच अन्तरर्विरोध हुँदा भक्तपुरमा बनाइएको समानान्तर जिल्ला कमिटीको अध्यक्ष रहनु भएका केसीले नेता नेपालको साथ छोडनुभएको हो । एमालेबाट अलग भएर नेता नेपालले नेकपा (एकीकृत समाजवादी) पार्टी गठन गरेपछि अध्यक्ष केसीले अब आफू उक्त पार्टीको पछि लाग्न नसक्ने भन्दै समूहबाट बाहिरिएको चक्रपथलाई बताउनुभयो ।

नेकपा (एकीकृत समाजवादी) भक्तपुरका सचिव श्यामसुन्दर बस्नेतका अनुसार अध्यक्ष केसीले पार्टी छोड्ने निर्णय गरिसक्नु भएकोले नयाँ अध्यक्षका लागि चाडै नै बैठक बसी केन्द्रको सुझाव अनुसार कमिटीले पूर्णता पाउने बताउनुभयो ।

प्रकाशित मिति : १३ भाद्र २०७८, आइतबार  २ : ०१ बजे