माधव नेपाल आफै बने नेकपा (एस) संसदीय दलको नेता

काठमाडौं । नेकपा एकीकृत समाजवादी संसदीय दलको नेतामा अध्यक्ष माधवकुमार नेपाल चयन भएका छन् ।

नयाँ दल दर्ता भएपछि आइतबार बसेको संसदीय दलको पहिलो बैठकले अध्यक्ष नेपाललाई सर्बसम्मत अध्यक्ष चयन गरेको हो । 

राष्ट्रिय सभा संसदीय दलको नेतामा भने बेदुराम भुसाल चुनिएका छन् । प्रमुख सचेतक र सचेतक चयन गर्न भने बाँकी नै रहेको सांसदहरूले बताएका छन् ।

सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बैठक भइरहेको छ ।  यही भदौ ९ गते निर्वाचन आयोगबाट नयाँ दलको मान्यता पाएको नेकपा (एस) को यो पहिलो पटक  हो । 

प्रकाशित मिति : १३ भाद्र २०७८, आइतबार  १ : ५९ बजे