माधव नेपाललाई योगेशले भने, ‘आफैंसँग भएकालाई अध्यक्ष बनाएर उदाहरण देखाए हुन्छ’

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले आफैंसँग भएका नेतालाई नेकपा एकीकृतको अध्यक्ष बनाएर उदाहरण देखाउन सुझाव दिनुभएको छ । 

भट्टराईले आफैँसँग भएकालाई बनाएर, उदाहरण देखाइदिए झनै राम्रो हुनेथियो भन्दै नेपाललाई कटाक्ष गर्नुभएको छ । ‘राम्रो कुरा हो, स्वागत गर्दछु । आफैँसँग भएकालाई बनाएर, उदाहरण देखाइदिए झनै राम्रो हुने थियो,’ योगेशले ट्वीटमा भन्नुभएको छ । शनिबार एक कार्यक्रममा नेपालले आफूलाई दोस्रो पुस्ताले धकेलेर पठाएको भन्दै पछाडि फर्केर हेर्दा कोही पनि नरहेको टिप्पणी गर्दै दोस्रो पुस्ताले नै पार्टी विभाजनमा आफूलाई दबाब दिएको बताउनुभएपछि भटटराईले त्यसको जवाफ दिनुभएको हो ।

​​​​​​​​​​​​​​

प्रकाशित मिति : १३ भाद्र २०७८, आइतबार  ११ : १६ बजे