सुनको मूल्यमा नयाँ कीर्तिमान

अफगानिस्तानबाट आठ जनाको उद्धार, थप ३४ जना उद्धार पर्खाइमा   

काठमाडौँ । अफगानिस्तानबाट नेपालीलाई यथाशक्य चाँडो उद्धार गरी स्वदेश फर्काउन क्रम जारी रहेको जनाउँदै सरकारले शनिबार त्यहाँबाट आठ जनालाई उद्धार गरिएको बताएको छ ।    
    
काबुलमा उद्धार उडानको प्रतीक्षामा रहेका ३४ जनालाई आजै थप सुरक्षित एवं व्यवस्थित स्थानमा स्थानान्तरण गरिएको तथा उनीहरूलाई स्वदेश फर्काउन सम्बन्धित निकायसँग समन्वय भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

काबुलमा रहेका सबैसँग सरकार नियमित सम्पर्कमा रहेको पनि उक्त मन्त्रालयले बताएको छ ।    
    
अफगानिस्तानमा रहेकाहरूलाई कन्सुलर सेवा विभागको वेबसाइटमा रहेको ‘अनलाइन पोर्टल’ तथा विभाग, परराष्ट्र मन्त्रालय, मन्त्रालयको ‘सिचुएशन रुम’ र नयाँदिल्लीस्थित नेपाली दूतावासमा आफ्नो नामसहितको विवरण दर्ता गराउन पनि मन्त्रालयले अनुरोध गरेको छ ।    

प्रकाशित मिति : १३ भाद्र २०७८, आइतबार  ७ : १८ बजे