साफ यू–१७ च्याम्पियनसिप आजदेखि

मायावी माधवः समाजवादको नाउँ, दक्षिणपन्थको पाउ

सोह्रौँ शताब्दीमा विख्यात अङ्ग्रेजी साहित्यकार क्रिष्टोफर मार्लोद्वारा लिखित ‘डक्टर फस्टस’ नामक वियोगान्त नाटकको प्रमुख पात्र‘डक्टर फस्टस’को नियतिजस्तै छ माधव गुटमा लागेका नेताहरूको नियति । डक्टर फस्टसको कथा यस्तो छः डक्टर फस्टसले तन्त्र विद्या पढेको थियो । त्यही तन्त्रविद्यामार्फत् ऊ मेफिस्टोफिलिस हुँदै लुसिफर राक्षसको सङ्गतमा पुग्यो । डक्टर फस्टस र लुसिफरको बीचमा एउटा सम्झौता भयो । २४ वर्षसम्म राक्षसहरूले डक्टर फस्टसलाई उसले चाहेको शक्ति, भौतिक र विषय सुख सुविधा उपलब्ध गराउने र २४ वर्षपछि उसको जीवन ती लुसिफरहरुलाई सुम्पनु पर्ने भयो । फस्टसले समकालीन राजाजस्तै शक्तिशाली भएको हेर्न चाह्यो । उनीहरूले त्यो इच्छा पुर्‍याइ दिए । उसले पाइँदै नपाइने मौसममा अङ्गुरको झुप्पा माग्यो । उनीहरूले त्यो पुर्‍याइ दिए । दश हजार वर्ष पहिलेकी विश्व सुन्दरी हेलेनसँग उसले मायाप्रीति गाँस्न चाह्यो । उसको त्यो अनौठो इच्छा पनि उनीहरूले जसो तसो पूरा गरी दिए । सम्झौताबमोजिम २४ वर्ष पुग्नै लाग्दा लुसिफरका मानिस उसलाई लिन आए । उसको त्यहीँ वियोगान्त भयो । 

नेकपा (एमाले)मा लामो समय रजगज गरेका माधव नेपाललाई पार्टी अध्यक्ष पद कुनै हालतमा हाताहाती चाहियो । अरू सबै कुरामा एमाले लचक भए पनि त्यो पद उनलाई दिन तयार भएन । हुने कुरा पनि भएन । डक्टर फस्टसले झैँ उनले नेपाली राजनीतिका लुसिफरहरूसँग सम्झौता गरे । कुनै बेलाका कम्युनिष्ट मसिहा मानिएका माधव नेपाल आज नेपाली काङ्ग्रेसको पछि लुरुलुरु हिँडिरहेका छन् । आफू र आफ्ना पछि लाग्ने केहीलाई पद दिलाउन उनले एमालेजस्तो सबल पार्टीलाई चोइट्याउन समेत पछि परेनन् । भाइ काङ्ग्रेस हुन राजी भएका छन् । जबजलाई तिलाञ्जलि दिएका छन् । पचास वर्षदेखिका आफ्ना साथी सङ्गाती त्यागेका छन् । पार्टी र चुनाव(चिन्ह त्यागेका छन् । आफ्नै पार्टीको सरकार ढाल्ने महान् कार्यको नेतृत्व गरेका उनी अहिले बडो समाजवादको प्रवचन दिँदै हिँडेका छन् । 

कुनै बेलाका कम्युनिष्ट मसिहा मानिएका माधव नेपाल आज नेपाली काङ्ग्रेसको पछि लुरुलुरु हिँडिरहेका छन् । आफू र आफ्ना पछि लाग्ने केहीलाई पद दिलाउन उनले एमालेजस्तो सबल पार्टीलाई चोइट्याउन समेत पछि परेनन् । भाइ काङ्ग्रेस हुन राजी भएका छन् । जबजलाई तिलाञ्जलि दिएका छन् । पचास वर्षदेखिका आफ्ना साथी सङ्गाती त्यागेका छन् । पार्टी र चुनाव–चिन्ह त्यागेका छन्। आफ्नै पार्टीको सरकार ढाल्ने ‘महान् कार्य’को नेतृत्व गरेका उनी अहिले बडो समाजवादको प्रवचन दिँदै हिँडेका छन् ।           

देशको कम्युनिष्ट आन्दोलनको मूल प्रवाह नेपाल कम्युनिष्ट पार्टी९एमाले०बाट चोइटिएर नेकपा९एकीकृत समाजवादी० बनेको छ । माधव न नेपालले बटुलेको करिब २०  प्रतिशत एमालेको शक्तिलाई देउवाले असंवैधानिक अध्यादेशको पानी छर्केपछि र सभामुखले ऐन विपरीत एमालेका १४ सांसदको पद खारेजीको सूचना लुकाएर यो दलको जन्म भएको छ । एमालेमा स्याचुरेटेड भइसकेका केही नेताहरू बोकेर सिंहदरबारभित्र अर्को एउटा पार्टी थपिएको छ ।

गणितीय हिसाबले माधवको पार्टी संसद्मा चौथो शक्तिको रूपमा रहेको छ । गणितमा जति भए पनि ती आफ्ना बल बुताले जनताबाट निर्वाचित भएका होइनन् । एमालेको ब्रान्ड र ओलीको लोकप्रियताको फाइदा उठाएर तिनीहरू एमालेको सांसदको रूपमा संसद्मा पुगेका हुन् । अहिले दक्षिणपन्थी प्रतिक्रियावादी शक्तिको उक्साहटमा, मन्त्री पदको लोभमा यो शक्तिलाई जन्माइएको हो । यो शक्ति एमालेलाई प्रहार गर्न शिखण्डीको रूपमा आगामी चुनावसम्म प्रयोग गर्न देशी–विदेशी प्रतिक्रियावादी शक्तिको आडमा खडा भएको अत्यन्त अस्थायी छिछिमिरे शक्ति हो । वैचारिक रूपमा टाट उल्टिएको र साङ्गठनिक रूपमा उत्तानो पारिएको सोलीजस्तो शक्ति हो । जनताको बलले नभै जाल, झेल, षडयन्त्र र असंवैधानिक समागमको कारण जन्मेको अवैध शक्ति हो ।

नेकपा (एमाले)का अध्यक्ष के पी शर्मा ओली सत्तामा आएपछि नेपाललाई एक स्वतन्त्र, सबल र सार्वभौम राष्ट्रको रूपमा विकास गर्न सुरु गरेपछि हाम्रा छरछिमेकका परम्परावादी हस्तक्षेपकारी शक्तिलाई ओलीका कदम सह्य भएको थिएन । भारतको इच्छाभन्दा देशको स्वार्थबमोजिम ओली चल्न थालेको मोदी सरकारलाई मन परेको थिएन । विगतमा व्यवहारतः एक पाखे विदेश नीति अवलम्बन हुँदै आएकोमा ओलीले सन्तुलित परराष्ट्र नीति अङ्गीकार गरे । साबिक नेकपाका प्रचण्ड र माधवलाई यो मन परेन । उनीहरूको असन्तुष्टिको पारोले त्यति वेला हद नाघ्यो, जति बेला ओलीले आफ्नो देशको हडपिएको कालापानी, लिपुलेक र लिम्पियाधुराको भूभाग समेटेर नक्सा प्रकाशन र प्रचलनमा ल्याए । त्यसपछि त उनीहरू खुल्लमखुल्ला भारतको पक्षमा बरबराउन थाले । नेपालमा भारतको लागि कम्फरटेवल सरकार बनाउन आवश्यक छ भन्न थाले । ओली नेतृत्वको सरकार ढाल्न भारत परस्त शक्तिसँग जबरजस्त साँठगाँठ गर्न थाले । 

माधवले अहिले बनाएको पार्टीलाई त्यही जगमा उभिएको प्रतिक्रियावादी शक्तिको पिछलग्गु शक्तिको रूपमा बुझ्नु पर्छ । एमालेको सरकारले गरेका राम्रा कामलाई स्विकार्न नसक्ने शक्ति, ओलीको अकण्टक राष्ट्रवादी अडानलाई कमजोर बनाउने दुराशय बोकेको शक्ति, भारतलाई खुसी पारेर आफ्नो निहित स्वार्थ पूरा गर्ने दुराशयमा जन्मेको शक्तिको रूपमा यसलाई बुझ्न सकिन्छ । त्यस्तै नेपालको कम्युनिष्ट आन्दोलनमा जननेता मदन भण्डारीका योगदानलाई निषेध गर्न जन्माइएको शक्ति, नेपालको राजनीतिमा एमालेको सुनौलो उपस्थितिलाई धूमिल बनाउन ओथरा काडिएको शक्ति, एमालेले ल्याउन खोजेको विकास र समृद्धिलाई पथ भ्रष्ट बनाउन खडा गरिएको एक नितान्त अस्थायी शक्तिको रूपमा यो समूहलाई हेरिनुपर्छ ।

परमादेशको बलमा आएको सरकारको भगिरथ प्रयत्नमा संसद्मा जन्मिएको शक्ति जनतामा नपुग्दै बिलाउने निश्चित प्रायः छ । जनता समर्थन नपाएपछि छिछिमिरा केही छिनमै बिलाएजस्तो आगामी आम निर्वाचनपछि हराउँछ । 

जति बेला नेपालको राजनीतिमा निकै लोकप्रिय भएर आउँछ, त्यति बेला एमाले विभाजन गर्न देशी(विदेशी प्रतिक्रियावादी शक्ति लागेको इतिहास छ । एमालेको लागि यो नौलो घटना होइन । मनमोहन अधिकारी नेतृत्वमा ०५१ सालमा बनेको लोकप्रिय कम्युनिष्ट सरकारको कारण एमालेको उचाइ ह्वात्तै बढेको थियो । एकातिर नेपालको कम्युनिष्ट आन्दोलनलाई दिग्भ्रमित बनाउन माओवादको नाउँमा जनयुद्ध  सुरु गरियो भने अर्कोतिर०५४ सालमा सम्पन्न स्थानीय निर्वाचनमा एमालेले पाएको ठुलो सफलता लगत्तै पार्टी विभाजनका खेल भए । कसैले उक्साउँदा धोती फुस्केको थाहा नपाउने बामदेव गौतमको अगुवाइमा एमाले फुटाइयो । र, ०५६ को आम निर्वाचनमा एमालेको विजयलाई रोकियो । 

इतिहासमा फेरि एमाले लोकप्रियताको शिखरमा पुगेको बेला एमालेलाई चोइट्याउन कम्युनिष्टविरोधी शक्तिहरू सफल भएका छन् । थोरै भए पनि एमालेलाई क्षति पुर्‍याउन सफल भएका छन् । 

मरुभूमिमा पानीको लागि मृग दौडेजसरी सधैँ पदको पछाडि दौडने माधव नेपालको अगुवाइमा बनेको यो समूह जनताको प्रथम नजरमा नै बदर भागी भएको छ । केन्द्रमा चौथो शक्तिको रूपमा देखिए पनि प्रदेशमा यसको कुनै उपस्थिति हुने छैन । सातै प्रदेशमा एमाले लगभग एक ढिक्का छ भने स्थानीय तहका सबैजसो पदाधिकारी एमालेकै पक्षमा खुलिसकेका छन् । पाँच वर्षसम्म एमालेको जनप्रतिनिधिको रूपमा राम्रो काम गरेका स्थानीय जनप्रतिनिधिहरू अर्को चुनाव नजिकिँदै जाँदा पार्टीको पहिचान नै गुमाएर माधव नेपालको पार्टीमा लाग्ने सम्भावना छैन । आफ्नो राजनीतिक जीवन नै दाउमा राखेर माधव नेपालको क्षणिक स्वार्थको पछि कोही लाग्दैन ।

स्थानीय तह र प्रदेशमा एमाले नेता कार्यकर्ता नेपाली काङ्ग्रेससँग हरपल प्रतिस्पर्धामा रहेका छन् । कहीँ कहीँ माओवादीसँग प्रतिस्पर्धामा छन् । कोही पनि एमाले कार्यकर्ता नेताहरूले काङ्ग्रेससँग धेरै चोचोमोचो गरेको पटक्कै मन पराउँदैनन् । अहिलेको माधव नेपालको देउवाप्रतिको एकोहोरो आत्मसमर्पण एमालेका स्थानीय नेता कार्यकर्ताले दुत्कारेका छन् । हिजो बनेका अधिकांश समानान्तर कमिटीहरू माधव छोडेका दोस्रो तहका नेतामार्फत एमालेमै धमाधम समाहित भएका छन्, हुँदैछन् । 

जति बेला नेपालको राजनीतिमा निकै लोकप्रिय भएर आउँछ, त्यति बेला एमाले विभाजन गर्न देशी–विदेशी प्रतिक्रियावादी शक्ति लागेको इतिहास छ । एमालेको लागि यो नौलो घटना होइन । 

परमादेशको बलमा आएको सरकारको भगिरथ प्रयत्नमा संसद्मा जन्मिएको शक्ति जनतामा नपुग्दै बिलाउने निश्चित प्रायः छ । जनता समर्थन नपाएपछि छिछिमिरा केही छिनमै बिलाएजस्तो आगामी आम निर्वाचनपछि हराउँछ । हुने त्यत्ति हो, बामदेव विभाजनजस्तै एमालेको अलिकति कार्यकर्ता(शक्तिको क्षयीकरण हुन्छ । त्यसको क्षतिपूर्ति गर्न एमालेले अलि बढी मेहनत गर्नु पर्छ । वैचारिक( साङ्गठनिक अभियान सञ्चालन गर्नु पर्छ । तृणमूल तहसम्म पार्टीलाई व्यवस्थित बनाउनु पर्छ । माधव विभाजनको कारण अहिले पुगेको क्षति एमालेले पहिल्यै माओवादीबाट ठुलो हिस्सा आफूमा समाहित गरिसकेको छ । विभाजनबाट पार्टीका मतदातामा पर्ने मनोवैज्ञानिक असरलाई न्यूनीकरण गर्न पार्टीले विशेष अभियान सञ्चालन गर्छ । 

उता एमालेको सानो हिस्सालाई निकालेर दक्षिणपन्थी शक्तिको पाँउमा बुझाउने माधव नेपालको अहिलेको दुष्प्रयास किमार्थ सफल हुने छैन । बरु केही महिनाभित्रै टाट उल्टिएको व्यापारीझैँ भौँतारिने अवस्था माधव नेपाललाई नआउला भन्न सकिन्न । हिजो एमालेको नेतृत्वमा रहँदा ‘न भाले न पोथी’को संज्ञा पाएका माधव नेपालको जस्तो मायावी शैली र चटकले समाजवाद आउने भए नेपालमा पहिल्यै समाजवाद आइसक्थ्यो ।

प्रकाशित मिति : १२ भाद्र २०७८, शनिबार  १० : ३२ बजे