मन्थली विमानस्थलमा पानी पस्यो

संवैधानिक परिषदले गरेका नियुक्ति खारेजीसम्बन्धी मुद्दाको सुनुवाईमा प्रधानन्यायाधीश बिदा बस्ने 

काठमाडौं । संवैधानिक नियुक्तिसम्बन्धी मुद्दाको प्रारम्भिक सुनुवाइ र अन्तिम सुनुवाइका दिन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा बिदा बस्ने भएका छन्। सर्वोच्च स्रोतका अनुसार सुनुवाइको सहजताका लागि प्रधानन्यायाधीश जबरा बिदामा बस्न लागेका हुन्। ‘संवैधानिक निकायको नियुक्तिका विषयमा परेका ६ वटै रिटको सुनुवाइका लागि आउँदो शुक्रबारलाई पेसी चढेको छ।

संविधान बमोजिम संवैधानिक इजलासको अध्यक्ष प्रधान न्यायाधीश रहने भएकाले पेशी तोक्ने र फैसला हुने दिन राणा सर्वोच्च अदालतमा अनुपस्थित हुनेछन् ।

प्रकाशित मिति : ११ भाद्र २०७८, शुक्रबार  ५ : १७ बजे