मन्थली विमानस्थलमा पानी पस्यो

पहिरामा तीन बेपत्ता, एकको उद्धार

नवलपुर ।  बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को हुप्सेकोटमा पहिरो खस्दा तीन  बेपत्ता भएका छन् । हुप्सेकोट–४ माथिल्लो चारघरे रुम्सीमा आज बिहान खसेका पहिरामा परी तीन बेपत्ता हुनुका साथै एक घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 
    
कार्यालयका सूचना अधिकारी मधुसुदन सिंहका अनुसार पहिराले चार घरेका ५० वर्षीय हस्तबहादुर पुलामीको घरमा पूर्णरुपमा क्षति पु¥याएको छ । उहाँका अनुसार पहिराले पुरेका अवस्थामा उहाँलाई स्थानीय र प्रहरीले उद्धार गरी उपचारका लागि मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा ल्याइएको छ । पहिरामा बेपत्ता भएकाको खोजी जारीे छ । 
    
पहिरामा परी पुलामीकी ४० वर्षीया श्रीमती धनमाया ,  सात वर्षीया नातिनी भूमिसरा  र छ वर्षीया नातिनी देउमाया पुलामी बेपत्ता भएका सूचना अधिकारी सिंहले बताउनुभयो ।

प्रकाशित मिति : ११ भाद्र २०७८, शुक्रबार  ३ : १७ बजे