‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

मोटरसाइकलमा आगजनी गरेको अभियोगमा पक्राउ

गोरखा – गोरखा नगरपालिका-५ पश्चिमकालीस्थित मन्दिर परिसरमा पार्किङ गरी राखेको सोही नगरपालिका-७ मान्द्रेढुङ्गा बस्ने गणेश पाण्डेको लु.२६ प ८७९८ नम्बरको मोटरसाइकलमा आगजनी गरेको अभियोगमा सोही नगरपालिका-९ ठिमुरेश्वाँरा बस्ने १९ वर्षीय अमृत कुवँरलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

अमृतले उक्त मोटरसाइकलमा आगजनी गर्दा मोटरसाइकल पूर्णरुपमा क्षति भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय गोरखाबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ११ भाद्र २०७८, शुक्रबार  १ : ४३ बजे