सुनको मूल्यमा नयाँ कीर्तिमान

मणिपाल अस्पतालले नेपाल सरकारसँग गरेको सम्झौता सार्वजनिक गर्न पूर्वमन्त्री अधिकारीको माग

पोखरा । नेपाल सरकारका पूर्व स्वास्थ्यमन्त्री  खगराज अधिकारीले मणिपाल शिक्षण अस्पताल र नेपाल सरकारबिचको सम्झौता सार्वजनिक गर्न माग गर्नुभएको छ । अधिकारीले मणिपाल शिक्षण अस्पताल रहेको सरकारी स्वामित्वको जग्गा जमिनको दायित्व समेत स्पष्ट हुनुपर्ने बताउनुभएको हो । मणिपाल शिक्षण अस्पताल पोखराका व्यबसायी आनन्दराज बतास र अटोवेज ग्रुपले किनेका छन् । अस्पताल र व्यावसायीबिच ३ अर्व २१ करोडमा किन्ने सम्झौता भएको छ ।

१८ अक्टोबर १९९२ मा नेपाल सरकार र भारतको मणिपाल एजुकेसन एण्ड मेडिकल बिच ४९ बर्षका लागि जग्गा भाडामा लिनेदिने र सो समय पश्चात् अस्पताल नेपाल सरकारलाई हस्तान्तरण हुने सम्झौता भएको थियो । झण्डै १ अर्ब राजस्व तिर्न बाँकी सो अस्पताल सरकारीकरण हुनुभन्दा २० बर्ष अघि मात्र किनबेच हुन लागेपछि चर्को विरोध सुरु भएको छ ।

मणिपाल बेचिएको विषय सार्वजनिक भए लगत्तै सामाजिक सन्जालमा राजनीतिक तथा सामाजिक व्यक्तिहरुले विरोध गरेका छन् ।

प्रकाशित मिति : ११ भाद्र २०७८, शुक्रबार  ११ : ५६ बजे