मन्थली विमानस्थलमा पानी पस्यो

नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

चितवन – नारायणगढ–मुग्लिन सडकखण्डको सेती दोभानमा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । आज राति ८ः२० बजेको समयमा ठूलो पहिरो खसेको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–२९ मा पर्ने सेती दोभानमा पहिरो खसेर सडक अवरुद्ध भएको हो । कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार पानी परिरहेको र पहिरो खसिरहेकाले तत्काल बाटो सञ्चालन हुने सम्भावना छैन ।

रासस

प्रकाशित मिति : १० भाद्र २०७८, बिहिबार  १० : ०३ बजे