मन्थली विमानस्थलमा पानी पस्यो

राष्ट्रपतिद्वारा शोक प्रकट

काठमाडौँ  – राष्ट्रपति विद्यादेवी भण्डारीले जनगायक जेबी टुहुरेको असामयिक निधन भएकामा गहिरो दुःख व्यक्त गर्दै उहाँका शोकाकूल परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ ।

    राष्ट्रपतिले आज साँझ सामाजिक सञ्जालमार्फत शोक व्यक्त गर्दै “प्रगतिशील, सांस्कृतिक अभियन्ता एवं जनगायक जेबी टुहुरेको निधनको खबरले आफू ज्यादै दुःखी भएको” बताउनुभएको छ ।
    
    प्रगतिशील सङ्गीतका माध्यमबाट नेपालको लोकतान्त्रिक आन्दोलनमा गायक टुहुरेले पु¥याउनुभएको योगदान चिरस्मणीय रहने बताउँदै राष्ट्रपति भण्डारीले उहाँप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकाकूल परिवारका सदस्यमा गहिरो समवेदना व्यक्त गर्नुभएको छ ।

प्रकाशित मिति : १० भाद्र २०७८, बिहिबार  ९ : ३२ बजे