मन्थली विमानस्थलमा पानी पस्यो

भारतले दियो नेपाललाई अक्सिजन प्लान्ट

काठमाडौं । भारतले नेपाललाई अक्सिजन प्लान्ट सहयोग गरेको छ ।

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि सहयोग गरिएको उक्त प्लान्ट नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई हस्तान्तरण गर्नुभएको हो। कोभिड–१९ महामारी विरुद्धको लडाइमा नेपालसँग हातेमालो गर्ने उदेश्यका साथ अक्सिजन प्लान्ट सहयोग गरिएको दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रति व्यक्ति ५ एलपीएम (लिटर प्रति मिनेट) क्षमता भएको उक्त अक्सिजन प्लान्टको कूल क्षमता (६) एलपीएम रहेको छ र यो प्लान्टले एक साथ २०० जना बिरामीलाई सेवा प्रदान गर्ने क्षमता रहेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : १० भाद्र २०७८, बिहिबार  ३ : ३९ बजे