मन्थली विमानस्थलमा पानी पस्यो

राहुघाट खोला थुनियो, सतर्क रहन आग्रह

बागलुङ – पहिराले राहुघाट खोला थुनिएर ताल परेको र त्यो फुटेर तल्लो तटीय क्षेत्रमा जोखिम निम्तन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय बागलुङले त्यस क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ ।

बागलुङ भएर बग्ने कालीगण्डकी नदीको सहायक खोला राहुघाट पहिराले थुनिएर ताल परेकाले जोखिम निम्तन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणमा सतर्क रहन आग्रह गरेको हो ।

म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ रायखोरको मूलपानी र वडा नं ७ चिमखोलाको गौडामुनीबाट आज बिहान खसेको पहिराले राहुघाट खोला थुनिँदा ५० मिटर गहिरो र ५०० मिटरभन्दा लामो ताल परेको जनाइएको छ । पहिरो खस्ने क्रम अहिले पनि नरोकिएकाले लामो समयसम्म खोला थुनिएर एक्कासी ताल फुट्न गई कालीगण्डकी नदीमा जोखिम निम्तन सक्ने खतरा छ ।

तटीय क्षेत्रमा बसोबास गर्ने र आउजाउ गर्ने सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन सार्वजनिक सूचनामार्फत अनुरोध गरिएको कार्यालयका प्रशासकीय अधिकृत सूर्यलाल विकले बताउनुभयो । 

रासस

प्रकाशित मिति : १० भाद्र २०७८, बिहिबार  २ : २४ बजे