‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

८३ जना फरार प्रतिवादी एकैदिनमा पक्राउ

सुनसरी – जिल्ला अदालत सुनसरीबाट विभिन्न मुद्दामा कैद वा जरिवाना ठहर भई हालसम्म फरार रहेका ८३ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

फैसला कार्यान्वयनको सिलसिलामा पक्राउ परेका ८३ जना समेत गरी चालु आ.व. २०७८।०७९ मा ३ सय ८३ जनाबाट ८० वर्ष २ महिना २३ दिन कैद र १४ लाख ७९ हजार ५ सय रुपैयाँ जरिवाना असुल गरी फर्छ्योट भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

पक्राउ पर्नेहरुमा गर्भपतन, मानव वेचविखन, सवारी ज्यान, लागूऔषध, जबरजस्ती करणी , अपहरण, ज्यान मार्ने उद्योग, चोरी, कर्तव्य ज्यान, सम्वन्ध विच्छेद, भ्रष्टाचार, गाली वेइजती आदि मुद्दाका फरार प्रतिवादीहरु रहेका जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रकाशित मिति : १० भाद्र २०७८, बिहिबार  १ : ३४ बजे