प्रदेश नं १ को मुख्यमन्त्रीमा भीम आचार्य नियुक्त  

काठमाडौं । प्रदेश १ को मुख्यमन्त्रीमा एमाले सचिव भीम आचार्य नियुक्त हुनुभएको छ ।

मुख्यमन्त्री हेरफेर अघि नेकपा एमालेले संसदीय दलको नेता परिर्वतन गरिएको थियो । ९३ सदस्यीय प्रदेशसभामा एमालेका ५२ सांसद अर्थात प्रष्ट बहुमत भएकाले दलको नेता नै मुख्यमन्त्री हुने व्यवस्था छ । शेरधन राईले पदबाट राजीनामा दिएपछि नयाँ मुख्यमन्त्रीमा आचार्य नियुक्त हुनुभएको हो । केही बेरअघि उहाँको सपथ सम्पन्न भएको बताईएको छ । 

प्रकाशित मिति : १० भाद्र २०७८, बिहिबार  १२ : २३ बजे