साफ यू–१७ च्याम्पियनसिप आजदेखि

माधव समूह चोइटिएपछि एमालेको एकताबद्ध हुने सन्देश

तत्कालीन नेकपाकै पालादेखि एमालेको बिवाद चरमचुलीमा पुगेको थियो । माधव नेपाल समुह एमालेबाट चोईटिए पछि अहिले एमाले लयमा फर्किएको छ । माधव नेपालले नेकपा एकिकृत समाजवादी पार्टी दर्ता गरेपछि एमाले गतिशिल बनेको छ । एमाले बिवाद हल गर्न बनेको वार्ता टोलीमा रहेका माधव पक्षका दश नेताहरु पनि एमाले मुलधारमा फर्किइएका छन् । 

अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा एमाले बलियो बनाउने पक्षमा ती नेताहरु लागेका छन् । अव एमाले नेतृत्वको अगाडी पार्टीलाई एकताबद्ध र सुदृढ बनाउने चुनौति थपिएको छ । पार्टीलाई एकताबद्ध पनि बनाउनु पर्छ । अर्को धार छोडेर आएकाहरुलाई बिभेद पूर्ण ब्यवहार गर्नुहँुदैन । 

नेकपा एमाले २०७५ जेठ २ को अवस्थामा फर्किए पछि पूर्ववत् जिम्मेवारी दिने लगायतका प्रस्तावहरु एमाले स्थाई समितिको बैठकबाट पारित भएका छन् । फरक मत राखेका नेताहरू अब ‘सम्मानजनक’ अवस्थामा एकताबद्ध पार्टीमा काम गर्ने बताएका छन् । 

एमाले अध्यक्ष केपी शर्मा ओली र अर्को धारका नेताहरु सहितको सामुहिक तस्वीर खिचाएर एकताको संदेश दिएपछि सबै कार्यकर्तामा खुशीयाली छाएको छ । यो खुशी संधै भरि कायम राख्न सक्नुपर्छ । एमाले सिध्याउन लागेका तत्वहरुलाई पार्टी चलायमान बनाएर नै जवाफ दिन सकिन्छ । पार्टीका गतिबिधीहरु गरेर कार्यकर्तालाई सक्रिय बनाउनु पर्छ र जनतामाझ बिचार पर्याउनुपर्छ । वास्तवमा एमाले मुलुककै शक्तिशाली र नेतृत्वदायी पार्टी हो । 

एमालेको लोकप्रियता र शक्ति देखेर कम्युनिष्टको खोल ओडेर बिदेशी प्रतिकृयावादीलाई सहयोग गरेको यतिबेला खुलासा भएको छ । एमाले पार्टीलाई सिध्याउन देशी बिदेशी शक्तिहरु षडयन्त्र आंशिक रुपमा सफल भएको देखिन्छ । नेपालमा बढ्दै गरेको कम्युनिष्ट क्रेजलाई समाप्त पार्न पार्टी भित्रकै नेताहरु प्रयोग भएका छन् ।

बिशेष गरि एमाले अध्यक्ष केपी शर्मा ओलीले आफु सरकामा रहँदा, नेपालको राष्ट्रियताको सवालमा राखेको अडानका कारण देशी बिदेशी तत्वहरुको आँखोको तारो बनाईयो । अहिले सम्म एमालेमा नेतृत्व गर्ने नेताहरु, केपी ओली बाहेक देश र जनताको हित र पक्षमा अन्तराष्ट्रिय फोरमहरुमा बोल्ने आँट कसैले पनि गरेका थिएनन् । 

नेपालमा राजनैतिक स्थायीत्व र बिकास हुन्छ कमजोर बनाए फाईदा लिन नसकिन्छ भनेर पार्टी भित्रै बिदेशी चलखेलको शुरुवात भयो । एमाले भित्रको बिवादले पार्टीमा ठूलै दुर्घटना होला भन्ने लागेको थियो तर हुन सकेन । एमाले भित्रको सानो हिस्सा चोइटिएर गएको छ । एमाले प्रसव पीडाबाट गुज्रिएको अवस्थामा पुगेकोछ ।

एमालेमा लामो समय देखि पार्टी भित्र समानान्तर गतिबिधि हुदै आएका थिए । जसले एमालेलाई कमजोर बनाउन खोजिएको थियो । एमाले र माओवादी केन्द्र मिलेर नेपालमा ठूलो कम्युनिष्ट पार्टी बनाउने र देश बिकास गर्ने एमाले अध्यक्ष केपी ओलीको सोच थियो । निर्वाचनका लागि गरिएको कार्यगत एकता र पछि गरिएको एकिकरणको घोषणाले एमालेले ठूलो मुल्य चुकाउनुपर्यो । एमाले कै कारण माओवादी केन्द्रले अस्तित्वलाई जोगाएको कुरा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सायद बिर्सिएका थिए होलान । 

तात्कालिन अवस्थामा यीनै प्रचण्ड र माधव कुमार नेपाल लगायतका नेताहरु मिलेर केपी शर्मा ओलीलाई नेकपाको अध्यक्ष लगायत साधारण सदस्यबाट समेत हटाउने कोशिश गरे । पार्टी भित्र समानान्तर गतिबिधि चलाइयो । आफ्नै पार्टीको सरकार बिरुद्ध अबिश्वासको प्रस्ताव ल्याउने लगायत कर्तुत गरियो । पार्टीको नेतृत्व बिरुद्ध जथाभावी बोल्ने र अपमानित गर्ने काम भयो । प्रदेश सरकारहरु ढल्ने काम भए । पद लोलुपताले गर्दा एमाले भित्र ठूलो हलचल मच्चियो । एउटा गुटको नेतृत्व गरेका माधव नेपालले पार्टी फुटाएर गए पनि फेरी पनि एमालेमा गुट कामै छ । अध्यक्ष केपी शर्मा ओलीको गुट भित्र पनि थुप्रै उपगुट छन् । उपगुट जिल्ला तहमा आईपुग्दा ब्यक्तिको पछि लाग्ने प्रबृति देखा परेको छ  । यो अस्था सृजना हुनुको पछाडी अवसरवादी जमातहरुको भिंडले गर्दा हो । यो कुरालाई पार्टी नेतृत्वले समय मै ब्यवस्थापन गर्न सकोस । अनुशासित एमाले कार्यकर्ता बनाउने तर्फ ध्यान जाओस् । 

नेतृत्वको नजिक बसेर पार्टीमा डस्ने प्रबृतिबाट संधै होसियार रहनु पर्दछ । पार्टी नेतृत्वको आड लागेर सोझा इमान्दार कार्यकर्तालाई पाखा लगाउने प्रबृति बढेको छ । इमान्दार कार्यकर्ताको ठाउमा राजनैतिक पृष्ठभूमि नभएकाहरु जस्तोसुकै गरी सम्पत्ती आर्जन गरेका ब्यक्तिहरुले ठाउँ पाउने हुँदा एमाले भित्र अझै पनि अवसवादी तत्वहरु मौलाई रहेकोछ ।

अवसरका लागि कहिले यता कहिले उता र आफ्नो स्वार्थका लागि एउटा नेताको आड लिएर पार्टीको हित बिपरित कार्य गर्नेहरु पनि छन् । यस्तो प्रबृतिले एमालेलाई अझै पनि कमजोर बनाउनेछ । हालसाल कै घटनाले पनि यो कुरा प्रमाणीत गरेको छ । पहिलो पटक एमालेले टिकट दिएर सांसद भएका नव ढनाढ्य ब्यापारी किसान श्रेष्ठ पहिलो पटक नै मन्त्री बन्ने आसा गरेका थिए नपाए पछि फ्लोर क्रस गरे । 

त्यसैगरी बनमंत्री समेत बनाईएका काठ ब्यापारी प्रेम आलेले कित्ता परिर्वतन गरेपछि नेतृत्वको वरिपरि स्वार्थले घुम्नेहरुको भर नहुने देखियो । जस्तोसुकै परिस्थितीमा पनि सदावहार रहने इमान्दार कार्यकर्ताको महत्व बुझ्न जरुरीछ । एमाले नेपाली जनताको आशा र भरोषाको केन्द्र हो । एमाले नै नेपाली कम्युनिस्ट आन्दोलनको मूल प्रवाह पनि हो । पार्टीभित्र संकट आइलाग्छन् । नेतृत्व तहले को संकट हो भनेर चिन्न सक्नु पर्छ । अरु कम्युनिष्ट पार्टी भन्दा एमाले फरक पनि हो । 

त्यसकारण पार्टी भित्र असल र इमानदार केही कार्यकर्ताको कदर होस भन्ने चाहना हुनु स्वभाबिक नै हो । स्वार्थका लागि नेतृत्वको वरिपरि बस्ने नेतासंग ठिक्क पार्ने र पार्टीको माहोल बिगार्नेहरु हुन्छन् । केही कार्यकर्ता निश्वार्थ रुपमा पार्टी हित चिताउने र नेतृत्वको आलोचना गर्ने खालका हुन्छन् । आलोचना गर्नेहरु संधै बेठीक मात्रै पनि हुदैनन् । जेसुकै पनि प्रशंसा गर्नेहरु ठिक मात्रै हुदैनन् । आलोचना गर्नेहरु सबैलाई शत्रु, विरोधी ठान्नुहुदैन । पार्टी भित्र पद र पैसाको धार होइन बिचार र सिद्धान्तको धार भयो भने सन्तुलन समेत कायम हुन्छ । एमाले भित्रको संकट अझै टरेको छैन । क्षणिक स्वार्थ हेर्ने जमातहरुको कमि छैन । पार्टी एकताबद्ध धारलाई अगाडी बढाउनु पर्छ । बिनापूर्वाग्रह सबै कार्यकर्ता अट्ने ठाउ हुनुपर्छ । 

प्रकाशित मिति : १० भाद्र २०७८, बिहिबार  ११ : ४० बजे