एमाले प्रदेश १ संसदीय दलको बैठक बस्दै, भीम आचार्यलाई मुख्यमन्त्री बनाउने तयारी

विराटनगर । नेकपा (एमाले) प्रदेश १ संसदीय दलको बैठक आज बस्ने भएको छ । पार्टी विभाजनपछि पहिलो पटक आज  संसदीय दल बैठक बस्न लागेको हो ।

अहिले बिहान  ११ः०० बजे बस्ने बैठकमा मुख्यमन्त्री तथा  संसदीय दलका नेता शेरधन राईले  राजीनामा दिने तयारी रहेको बुझिएको छ ।

मुख्यमन्त्री राईको राजीनामापछि एमाले सचिव भीम आचार्यलाई संसदीय दलको नेता चयन गरी मुख्यमन्त्री बनाउने तयारी गरिएको छ । 

वर्तमान मुख्यमन्त्री शेरधन राईकै प्रस्तावमा आचार्यलाई आजै मुख्यमन्त्री नियुक्त गरी शपथ गराउने तयारी भइरहेको छ । 

प्रकाशित मिति : १० भाद्र २०७८, बिहिबार  ८ : ४२ बजे