एमाले केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौँ ।  नेकपा एमालेको केन्द्रीय कार्यसमिति बैठक आज बस्ने भएको छ ।  

स्थायी समिति बैठकले गरेका निर्णयलाई अनुमोदन गर्न केन्द्रीय कार्यसमिति बैठक बस्न लागेको पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो । 

ललितपुरको  च्यासलस्थित तुलसीलाल अमात्य स्मृति भवनमा आज दिउँसो १२ बजे बैठक बस्न लागेको उहाँले बताउनुभयो । 

बैठकमा पार्टी फुटको प्रभाव, पार्टीको संरचनालाई २०७५ जेठ २ को अवस्थामा फर्काएर क्रियाशील गराउने तथा १० बुँदे सहमति कार्यान्वयन लगायत समसामयिक राजनैतिक विषयमा छलफल हुने बताइएको छ ।

यही भदौ ८ गतेको स्थायी कमिटीको बैठकले गत असार २७ गतेको आन्तरिक विवाद समाधान कार्यदलको सिफारिसलाई कार्यान्वयन गर्दै पार्टीको संरचनालाई २०७५ जेठ २ कै अवस्थाबाट सञ्चालन गर्ने निर्णय गरेको थियो ।

एमालेले आगामी मङ्सिरको दोस्रो साता दशौँ राष्ट्रिय महाधिवेशन गर्ने तय गरेको छ ।

प्रकाशित मिति : १० भाद्र २०७८, बिहिबार  ८ : २० बजे