म अर्को व्यवस्था नहुन्जेलसम्म अध्यक्ष हो : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उचित समयमा आफूले जिम्मेवारी हस्तान्तरण गर्ने बताउनु भएको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बुधबार भएको पत्रकार सम्मेलनमा पत्रकारले उठाएका प्रश्न र जिज्ञासाको जवाफ दिँदै अध्यक्ष ओलीले उचित समय आए नेतृत्व हस्तान्तरणका लागि आफू तयार रहेको बताउनुभयो । 

कुनै पनि क्षेत्र र वस्तु निर्विकल्प नरहने भन्दै उहाँले आफू पनि निर्विकल्प नभएको प्रष्ट पार्नुभयो । स्वभाविक रुपमा म अनुकूल समयमा जिम्मेवारी हस्तान्तरण गर्ने कुराको पक्षमा हुन्छु, त्यसमा विश्वास गर्छु उहाँले भन्नुभयो । उचित समयमा जिम्मेवारी हस्तान्तरण हुन सक्ने बताउँदै अध्यक्ष ओलीले भन्नुभयो, एउटा समूह गयो अब ओली निर्विकल्प भनेर साँघुरो सोच राखिराख्नु भएको छ, निर्विकल्प केही हुँदैन, आगामी निर्वाचनसम्म म निर्विकल्प हो, अरू विकल्पमा आउँदैनन् भन्ने होइन, केही पनि निर्विकल्प हुन्न । म अर्को व्यवस्था नहुन्जेलसमका लागि अध्यक्ष हुँ ।

 

प्रकाशित मिति : ९ भाद्र २०७८, बुधबार  ४ : १७ बजे