लोकतान्त्रिक समाजवादी पार्टी दर्ता गर्न १४ सांसद र १६ कार्यकारी सदस्यले गरे सनाखत

काठमाडौं । जनता समाजवादी पार्टीबाट छुट्टिएर नयाँ पार्टी लोकतान्त्रिक समाजवादी पार्टी दर्ता गर्न १४ जना सांसद र १६ कार्यकारी सदस्यले निर्वाचन आयोगमा सनाखत गरेका छन्।

बुधबार १३ जना प्रतिनिधि सभाका सांसद र १ जना राष्ट्रिय सभाका सांसद र १६ कार्यकारी सदस्यले आयोग पुगेर सनाखत गरेको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो। जसपाका प्रतिनिधि सभामा ३४ र राष्ट्रिय सभामा तीन जना सांसद छन्। तीमध्ये दुई जना निलम्बनमा परेका छन्। कार्यकारी समितिमा ५१ जना सदस्य छन्। निलम्बनमा परेका सांसद रेशम चौधरीले डिल्लीबजार कारागारबाट मञ्जुरीनामा दिनुभएको थियो। चौधरीसहित प्रतिनिधि सभाका १४ र राष्ट्रिय सभाका एक जना सांसदले नयाँ पार्टी दर्ताका लागि सनाखत गरेका हुन्।

१४ जनाले सनाखत गरेसँगै ठाकुर नेतृत्वको लोसपा दर्ता हुने भएको छ। 

प्रकाशित मिति : ९ भाद्र २०७८, बुधबार  ३ : ५० बजे