सनाखतका लागि लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरू पनि आयोगमा

काठमाडौँ । प्रस्तावित लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरू दर्ता सनाखतका लागि निर्वाचन आयोगमा पुग्नुभएको छ ।

पार्टीका अध्यक्ष महन्त ठाकुर र राजेन्द्र महतोसहितका नेताहरू आयोग पुग्नुभएको हो।

निर्वाचन आयोगमा आज बिहान ११ः०० बजेपछि नेताहरू पुग्ने क्रम सुरु भएको छ। बिहान ११ः३०बजेदेखि दिउँसो २ः०० बजेसम्म आयोगले सनाखतका लागि भौतिक रूपमा उपस्थित हुन समय दिएको छ।

निर्वाचन आयोगले नयाँ दल दर्ताका लागि निवेदन दिएका नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टीलाई आज सनाखतका लागि बोलाएको थियो।

 

 

 

प्रकाशित मिति : ९ भाद्र २०७८, बुधबार  १२ : १३ बजे