काठमाडौँ । नयाँ पार्टी दर्ताका लागि नेकपा एकीकृत समाजवादीका नेताहरू अहिले निर्वाचन आयोग पुगेका छन्।
निर्वाचन आयोगले नयाँ दल दर्ताका लागि निवेदन दिएका नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टीलाई आज सनाखतका लागि बोलाएको थियो।
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित सांसद तथा केन्द्रीय सदस्य केही बेरअघि आयोग पुग्नुभएको हो । नेपालसहितका नेताहरू सोमबारदेखि चन्द्रागिरि हिल्स रिसोर्टमा बस्नुभएको थियो। उहाँहरू आज चन्द्रागिरिबाट सोझै निर्वाचन आयोग जानुभएको हो ।
नयाँ दल दर्ताका लागि आयोगले दुवै दललाई सनाखतका लागि अढाई घण्टा समय निर्धारण गरेको छ । बिहान ११ः३० देखि दिउँसो २ः०० बजेसम्म आयोगमा गएर नेताहरूले सनाखत गर्नुपर्नेछ ।
प्रकाशित मिति : ९ भाद्र २०७८, बुधबार ११ : ४६ बजे
प्रतिक्रिया