नेकपा माओवादी केन्द्रले गर्‍यो केन्द्रीय नेताहरूको कार्य विभाजन

काठमाडौँ  । नेकपा माओवादी केन्द्रले केन्द्रीय नेताहरूको कार्य विभाजन गरेको छ ।

हालै सम्पन्न केन्द्रीय कमिटी बैठकपछि भदौ ५ र ६ मा बसेको स्थायी समिति बैठकले जिल्ला समन्वय समितिहरूको इन्चार्ज पनि तोकेको छ।

यस्तै माओवादीले केन्द्रीय विभाग पनि गठन गरेको छ । पार्टीको प्रवक्ताको जिम्मेवारी पूर्व सभामुख कृष्णबहादुर महरालाई दिइएको छ । त्यस्तै सङ्गठन विभागको प्रमुखमा जनार्दन शर्मा रहनुभएको छ ।

त्यसैगरी अर्थ विभागको प्रमुखमा वर्षमान पुन रहनुभएको भने कृषि तथा भूमिसुधार विभागमा हरिबोल गजुरेल, उद्योग तथा वाणिज्य विभागमा वामदेव क्षेत्री, कृषि तथा आर्थिक व्यवस्थापन विभागमा डोरप्रसाद उपाध्याय, उपभोक्ता हित तथा आपूर्ति विभागमा मातृका यादव, खानेपानी तथा सरसफाइ विभागमा बिना मगर रहेका छ। 

स्कुल विभागमा इन्चार्जमा अध्यक्ष प्रचण्ड तथा प्रमुखमा गिरिराजमणि पोखरेल रहनुभएको छ  ।

सङ्घीय संरचना अनुसार अभ्यास गर्ने क्रममा माओवादीले जिल्ला कमिटी भङ्ग गरेर समन्वय समिति निर्माण गर्ने निर्णय यसअघिको केन्द्रीय समिति बैठकबाट लिएको थियो ।

​​​​​​​​​​​​​​

 

 

 

प्रकाशित मिति : ९ भाद्र २०७८, बुधबार  ९ : ४१ बजे