सुनको मूल्यमा नयाँ कीर्तिमान

नेकपा एकीकृत समाजवादी र लाेसपाका नेताहरु नयाँ दल दर्ताका लागि सनाखत गर्न जाँदै

काठमाडौँ  । नयाँ दल दर्ताका लागि निवेदन दिएका नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टीलाई निर्वाचन आयोगले आज सनाखतका लागि बोलाएको छ । 

आयोगले दुवै दललाई सनाखतका लागि अढाई घण्टा समय निर्धारण गरेको छ ।  बिहान ११ः३० देखि दिउँसो २ः०० बजेसम्म आयोगमा गएर नेताहरूले सनाखत गर्नुपर्नेछ ।

सरकारले दल विभाजन सम्बन्धी अध्यादेश ल्याएपछि एमालेको माधवकुमार नेपाल नेतृत्वको प्रस्तावित नेकपा (एकीकृत समाजवादी) र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले नयाँ दल दर्ताका लागि आयोगमा निवेदन दिएका थिए ।

नयाँ दल दर्ताका लागि निवेदन दिएका माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी र ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरू सनाखतका लागि आज निर्वाचन आयोग जान लागेका हुन ।

​​​​​​​नयाँ दल दर्ताका लागि आवेदन दिएको समयमा हस्ताक्षर गरेका नेताहरुको मात्र सनाखत हुने आयोगले जनाएको छ।

 

 

प्रकाशित मिति : ९ भाद्र २०७८, बुधबार  ८ : ४६ बजे