एमाले अध्यक्ष ओलीले आज विशेष पत्रकार सम्मेलन गर्नुहुँदै 

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आज विशेष पत्रकार सम्मेलन गर्दै हुनुहुन्छ ।

च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा  अध्यक्ष ओलीले मङ्गलवार बसेको स्थायी कमिटीका निर्णयहरू कार्यान्वयन गर्नका लागि आज बिहान ११ः०० बजे स्थायी कमिटीका सबै सदस्यहरूको उपस्थितिमा पत्रकार सम्मेलन गर्न लाग्नुभएको हो ।

केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार मङ्गलवारको स्थायी कमिटी बैठकले गरेका निर्णयहरुलाई थप स्पष्ट पार्नका लागि विशेष पत्रकार सम्मेलन आयोजना गरिएको हो ।

मङ्गलवारको स्थायी कमिटी बैठकले दोस्रो तहका नेताहरूसँग भएको सहमति अनुसार १० बुँदे कार्यान्वयन गर्ने समय तालिका निर्धारण गरेको थियो । 

 

प्रकाशित मिति : ९ भाद्र २०७८, बुधबार  ८ : १४ बजे