‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

 ‘अफगानिस्तान उद्धार कार्य जतिसक्दो चाँडो सम्पन्न गर्नुपर्छ’ 

काठमाडौँ ।  अमेरिकी राष्ट्रपति जो बाइडनले अफगानिस्तानमा जारी उद्धार मिसन अगष्ट ३१ को समय सीमाभित्र सम्पन्न भइसक्ने विश्वास आफ्नो रहेको दोहोर्‍याउनुभएको  छ  । 

उहाँले  उडानहरूको सङ्ख्यामा वृद्धि भएको भन्दै आवश्यक कागजपत्र भएका सबै मानिसहरूले बाहिरिन पाउने बताउनुभयो। तर तालिबानको निरन्तर सहयोगमा मात्रै आगामी हप्ता उद्धार मिसन सम्पन्न हुने या नहुने निर्भर हुने  उहाँले उल्लेख गर्नुभयो । साथै समस्या भएमा चाल्ने कदमका बारेमा तयारी गर्न आफूले अमेरिकी रक्षा मन्त्रालय पेन्टागनलाई निर्देशन दिएको उहाँले जानकारी दिनुभयो।

यसअघि बाइडनले जी सेभेन नेताहरूको सम्मेलनमा स्थानीय इस्लामिक स्टेटको भातृ सङ्गठनको बढ्दो जोखिमबारे छलफल गर्नुभएको थियो।

उहाँले जी सेभेन देशहरू र नेटोको एकतामा जोड दिँदै अन्तर्राष्ट्रिय दायित्व प्रतिको तालिबानहरूको प्रतिबद्धता हेरेर उनीहरूबारे मूल्याङ्कन गरिनुपर्ने बताउनुभयो ।  तर निरन्तर अफगान नागरिकहरूलाई मद्दत पुर्‍याइनुपर्ने उहाँको भनाइ छ।

बिबिसीका अनुसार नौ दिनअघि तालिबानको कब्जामा परेको काबुलबाट कम्तीमा ७० हजार मानिसहरूलाई उद्धार गरिएको छ। तालिबान लडाकुहरूले उद्धार कार्यको समय सीमा थप्न नसकिने बताउँदै आएका छन्।

 

प्रकाशित मिति : ९ भाद्र २०७८, बुधबार  ७ : ४७ बजे