अन्तत मिल्यो एमाले, एकताको सन्देश दिर्दै सामूहिक फोटो सेसन

काठमाडौं– नेकपा एमालेको स्थायी कमिटीको बैठकले आज विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । एमालेको आज बसेको ऐतिहासिक बैठकपछि एकताको सन्देश दिने तस्विर पनि खिचाइएको छ । गत पुसमा नेकपा हुँदादेखिकै दुई समूहमा विभाजित भएको एमाले एक ठाउँमा उभिएको हो ।

एमालेमा १० बुँदे सहमति कार्यान्वयनसँगै पहिलोपटक असन्तुष्ट समूहसहितको स्थायी कमिटी बैठक च्यासलमा बस्यो । माधवकुमार नेपालसहित तीन जना स्थायी कमिटी सदस्य नयाँ दल बनाएर बाहिरिए पनि दोस्रो तहका अधिकांश नेता मूलधारमै फर्किनुभएको छ ।

स्थायी कमिटी बैठकको चहलपहल र रौनक हेर्नलायक थियो । बैठकपछि अध्यक्ष केपी शर्मा ओलीलाई बीचमा राखेर तुल्सीलाल अमात्यको सालिक अगाडि फोटोसेसन भयो । तस्विरमा सवेै नेताहरु हर्षित देखिनुभएको छ ।

प्रकाशित मिति : ८ भाद्र २०७८, मंगलबार  ८ : ४१ बजे