‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

आफ्नै बाबु र श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

धनुषा – आफ्नै बाबु ५५ वर्षीय रामवृक्ष मण्डल र श्रीमती ३० वर्षीया अमृता कुमारी मण्डलको हत्या गरेको अभियोगमा मिथिलाबिहारी नगरपालिका-५ ललिया बस्ने ३५ वर्षीय भागेश्वर कुमार मण्डललाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेक छ ।

घरायसी विवादको कारण भागेश्वरले गएराति कोदालो, लाठी र डोरीको सहायताले हत्या गरी शवलाई घरबाट करिब १ सय मिटर टाढा रहेको आँपको बगैँचामा खाल्डो खनेर पुरी माथिबाट घिरौलाको लहराले छोपिराखेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय धनुषा, ईलाका प्रहरी कार्यालय धनुषाधाम र प्रहरी चौकी ललियाबाट खटिएको प्रहरीले खाल्डो उत्खनन गर्दा उनीहरूको शव फेला पारेपछि भागेश्वरलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ८ भाद्र २०७८, मंगलबार  ५ : ११ बजे