सर्वोच्चले झिकायो कुलमान नियुक्ति सम्बन्धी फाइल

काठमाडौं । सर्वोच्च अदालतले विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई गरिएको नियुक्तिविरूद्ध अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको एकल इजलासमा घिसिङविरुद्ध परेको रिटको सुनुवाइ गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । सर्वोच्चले कुलमान नियुक्तिसम्बन्धी फाइल झिकाएको छ ।

आफू उक्त पदमा रहँदा रहँदै घिसिङलाई गरिएको भन्दै हितेन्द्रदेव शाक्यले सर्वोच्चमा रिट दायर गर्नुभएको थिए । कुलमानलाई गरिएको नियुक्ति कानूनविपरीत रहेको शाक्यको दाबी छ । बिना स्पष्टिकरण र बिना राजीनामा आफुलाई हटाउन नमिल्ने र त्यसो नगरी आफ्नो पदमा अर्को व्यक्ति नियुक्ती गर्नु कानुन विपरित भएको शाक्यको दाबी छ ।

प्रकाशित मिति : ८ भाद्र २०७८, मंगलबार  ४ : ०२ बजे