‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

हत्या गरेको अभियोगमा पक्राउ

कास्की – कास्कीको मादी गाउँपालिका-१० मकै खोलास्थित मामा घर बस्ने सोही गाउँपालिका-९ सिप्लिवेशी घर भएकी १७ वर्षीया कोपिला परियारको हत्या गरेको अभियोगमा स्याङ्जा हरिनास गाउँपालिका-६ चालिसे बस्ने ४५ वर्षीय खड्क बहादुर खवासलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

२०७७ असार २५ गते सोही गाउँपालिका-११ मुखिएको सेरस्थित पातिघारीमा शव फेला परेको घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले घटनामा संलग्न उनलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाको सहयोगमा स्याङ्जा पुतलिबजार नगरपालिका-४ शिवमन्दिर चोकबाट पक्राउ गरेको हो ।

उनी उपर जिल्ला अदालत कास्कीबाट कर्तव्य ज्यान सम्बन्धी मुद्दामा १० दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

प्रकाशित मिति : ८ भाद्र २०७८, मंगलबार  ३ : १० बजे