मन्थली विमानस्थलमा पानी पस्यो

काठमाडौँ उपत्यकाको निषेधाज्ञा भदौ १६ सम्म थपियो, ८ बजेपछि अत्यावश्यक काम बाहेक निस्कन नपाईने

काठमाडौँ– काठमाडौँ उपत्यकाको निषेधाज्ञा थप भएको छ । भदौ ८ सम्म जारी निषेधाज्ञा आगामी भदौ १६ गतेसम्मलाई कायम गरिएको छ । आज बिहान बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले पुरानै नियमलाई कायम राख्दै निषेधाज्ञाको समय थप गर्ने निर्णय गरेको हो।

संक्रमण दर उस्तै रहेको र थप कडाइ गर्दा सहरी जनजीवन प्रभावित हुने भएकोले सामान्य कडाइ गरिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो। उहाँका अनुसार अन्य भिडभाड कम गरी कोरोना रोकथामसँग सम्बन्धित जनचेतना प्रवाह गर्ने विषयलाई जोड दिइएको छ। यस अवधिमा मास्कविना ओहोरदोहोर गर्न पाइने छैन भने राति ८ बजेपछि अत्यावश्यकबाहेकका काममा ओहोरदोहोर गर्न दिइनेछैन। यस्तै, होटेल तथा रेस्टुरेन्ट र अन्य खाद्यान्न पसल पनि ८ बजे अगावै बन्द गर्नुपर्नेछ ।

प्रकाशित मिति : ८ भाद्र २०७८, मंगलबार  २ : ०६ बजे