‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

एमाले स्थायी कमिटीको बैठक ११ बजे बस्दै

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दै छ । प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार पछिल्ला राजनीतिक घटनाक्रमको समीक्षा र आगामी रणनीतिबारे छलफल गर्न  बिहान ११ बजे तुलसीलाल अमात्य भवन च्यासलमा  बैठक बोलाइएको छ ।  माधव नेपालको साथ छाडेका मध्यमार्गी धारका नेताहरूसँग हिजो बालकोटमा छलफल गरेपछि आजका लागि स्थायी कमिटी बैठक बोलाईएको हो । आजको बैठकमा १० बुँदे सहमति कार्यान्वयनको प्रक्रियामा लैजाने बिषयमा छलफल हुने नेताहरुले बताएका छन् । 

प्रकाशित मिति : ८ भाद्र २०७८, मंगलबार  ६ : १७ बजे