रोल्पा – आफ्नै बुबा ६० बर्षीय लक्षिमन दमाईलाई कुटपिट गरी हत्या गरेको अभियोगमा त्रिवेणी गाउँपालिका-४ बागखुर बस्ने २५ बर्षीय टेक बहादुर नेपालीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
घरायसी झै-झगडामा नेपालीले आफ्नै बुबालाई कुटपिट गर्दा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी पोष्ट बुढागउ र ईलाका प्रहरी कार्यालय होलरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति : ७ भाद्र २०७८, सोमबार ५ : ३९ बजे
प्रतिक्रिया