‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

विपक्षीको बहिष्कारमै लिए लुम्बिनीका मुख्यमन्त्रीले विश्वासको मत

रुपन्देही । लुम्बिनीका मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत पाउनुभएको छ । सोमबार प्रदेशसभा बैठकमा आफूलाई प्रदेशसभाको विश्वास छ भनी मुख्यमन्त्री केसीले राखेको प्रस्तावको पक्षमा ४२ र विपक्षमा शून्य मत परेको छ । त्यस्तै एक मत भने तटस्थ देखिएको छ । एमालेले सभा बहिष्कार गरेका कारण विपक्षमा शून्य मतदान भयो । ८० सदस्य रहेको प्रदेशसभामा बहुमतका लागि ४१ मत चाहिन्छ ।

सभामुख पूर्णबहादुर घर्तीले मुख्यमन्त्रीले पाएको मत प्रदेशसभाको बहुमत भएकाले विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले पारित भएको घोषणा गर्नुभयो ।

प्रकाशित मिति : ७ भाद्र २०७८, सोमबार  ५ : २४ बजे