पोखराको महेन्द्रपुल भासियो

पोखरा । पोखरा महेन्द्रपुलको सडक भासिएको छ । शनिबारदेखि अविरल परेको पानीले महेन्द्रपुल बजारको सडक भासिएको हो ।

महेन्द्रपुलको सडक भासिदा संचारकर्मी सञ्जय मल्ल त्यहीं थिए। शुरुमा थोरै भासिएको सडक विस्तारै बढ्दै गएको उनले बताए। ‘एउटा गाडी पार्किङ गरिराखेको थियो। त्यहाँ अगाडि सडकको भाग शुरुमा भासिएको हो, पछि बढ्दै गएर गाडी भएको ठाउँ वरिपरि पनि भासियो,’ उनले भने, ‘तत्काल गाडी निकालियो, नत्र गाडी नै भासिन्थ्यो।’ उक्त पानीलाई राती नै तर्काइएको छ भने कुनै क्षति नभएको कास्की प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले जानकारी दिए ।

सडक भासिएपछि मल्लले पोखरा महानगर र जिल्ला प्रहरी कार्यालयमा खबर गरेका थिए। उक्त पानीलाई राती नै तर्काइएको छ भने कुनै क्षति नभएको कास्की प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले जानकारी दिए । गएराति ८ बजेदेखि पोखरामा निरन्तर वर्षा भैरहेको छ । 

तस्बिर  सञ्जय मल्ल

प्रकाशित मिति : ७ भाद्र २०७८, सोमबार  १० : २२ बजे