साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

यी हुन् सहकारी ठगीमा फरार २९ जना

ब्राउनसुगर जस्तो देखिने लिसाइलो पदार्थ सहित पक्राउ

झापा – भद्रपुर नगरपालिका-५ देवीबस्तीबाट ८ सय २० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने लिसाइलो पदार्थ सहित कचनकवल गाउँपालिका-२ सितागुडी बस्ने २२ वर्षीय राजु कठायतलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १६ बैशाख २०७८, बिहिबार  ९ : १६ बजे