तीन बालकको भारतबाट उद्धार

काठमाडौं । लामो समयदेखि भारतको दरभङ्गास्थित बालगृहमा रहेका तीन बालकको उद्धार गरिएको छ। सामाजिक अभियान्ता सरोज रायका पहलमा सिरहाका दुई र महोत्तरीका एक बालकलाई स्वदेश ल्याइएको हो। सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकाका अमरलाल दास, लहान नगरपालिकाका महादेव पासवान र महोत्तरीको सुगा भन्ने गाउँका सत्यमलाल झाको उद्धार गरिएको उनले बताए। ती बालक १५ वर्षमुनिका रहेको र उनीहरूलाई जिल्ला प्रशासन कार्यलयमार्फत परिवारको जिम्मा लगाउने रायले बताए।

प्रकाशित मिति : ६ भाद्र २०७८, आइतबार  १० : ४८ बजे