साफ यू–१७ च्याम्पियनसिप आजदेखि

थप २,०७५ मा कोरोना भाइरस सङ्क्रमण, ३० जनाको मृत्यु

काठमाडौं । गत २४ घण्टामा नेपालमा थप २,०७५ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ भने  ३० जनाको कोभिड–१९ का कारणले मृत्यु भएको छ।

यससँगै नेपालमा सङ्क्रमितको कुल सङ्ख्या आठ लाख २५ हजार नाघेको छ भने मृतकको सङ्ख्या १०,४८५ पुगेको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शनिवार अपराह्ण सार्वजनिक तथ्याङ्कअनुसार विगत २४ घण्टामा १३,०७५ जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो।

तीमध्ये ५,३७२ जनाको परीक्षण एन्टिजन विधिबाट र अरूको पीसीआर विधिबाट गरिएको हो।मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा २,३८२ जना सङ्क्रमणमुक्त भएका छन्।

अहिले कुल परीक्षणको १९.५ प्रतिशतमा सङ्क्रमण देखिएको  छ । सक्रमितमध्ये ३,३०६ जना संस्थागत आइसोलेशनमा छन्।

अस्पतालमा उपचार गराइरहेकामध्ये ७१८ जना सघन उपचार कक्ष आईसीयूमा र १६६ जना भेन्टिलेटरमा छन्।विगत २४ घण्टामा सबैभन्दा बढी काठमाडौं जिल्लामा सङ्क्रमित भेटिएका छन्। काठमाडौंमा ४८३ जनामा सक्रमण पुष्टिभएको हो । 
अहिले नेपालभरि २२ जिल्लामा ५०० भन्दा बढी सक्रिय सङ्क्रमित छन् भने थप १७ जिल्लामा २०० देखि ४९९ सक्रिय सङ्क्रमित रहेको मन्त्रालयको तथ्याङ्क छ।५०० भन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्लाहरूको सङ्ख्या वाग्मती प्रदेशमा उच्च छ।

अहिले काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलान्चोक, दोलखा, सिन्धुपाल्चोक र नुवाकोट जिल्लामा सकृय सङ्क्रमितहरूको सङ्ख्या ५०० भन्दा बढी छ।

प्रकाशित मिति : ५ भाद्र २०७८, शनिबार  ५ : ०० बजे