‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

सनाखतका लागि माधव नेपाल र महन्थ ठाकुरलाई भदौ ९ को म्याद : माधवको २० प्रतिशत दाबी झुटो

काठमाडौं । निर्वाचन आयोगले नयाँ दल दर्ताका लागि निवेदन दिएका प्रस्तावित नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरूलाई सनाखतका लागि भदौ ९ गते बोलाइएको छ । 

आयोगले सम्बन्धित दलको केन्द्रीय समितिमा रहेका नेताहरुलाई नागरिकतासहित सनाखतका लागि उपस्थित हुन निर्देशन दिएको हो । सनाखत सम्पन्न भएपछि आयोगले प्रक्रिया पुर्‍याएर नयाँ दल दर्ताको प्रमाणपत्र दिनेछ ।

एमालेबाट विजित भएको माधवकुमार नेपाल समूहले सनाखतकाक्रममा एमालेको केन्द्रीय समितिमा रहेका कम्तिमा पनि ५३ जना सदस्य सशरीर हाजिर गर्नुपर्ने हुन्छ । हाल ५८ जना एमालेका केन्द्रीय सदस्यमात्र माधवको पक्षमा देखाइएको छ । ५८ जना सदस्यमध्ये ९ जना नेकपा एमालेले यस अघि नै कार्वाही गरेका सदस्यहरु हुन् । उनीहरुको साधारण सदस्यपनिनरहेकोले माधव नेपालको पार्टीले मान्यता नपाउने लगभग पक्का छ । उता ठाकुर पक्षले भने १४ जना साभसद् राखेर दल विभाजन गरेकाले उनलाई दल दर्ता गर्न कुनै समस्या छैन । 

प्रकाशित मिति : ४ भाद्र २०७८, शुक्रबार  ५ : ४८ बजे