‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

अवैध रुपमा चन्दा संकलन गरेको अभियोगमा पक्राउ

कास्की – पोखरा महानगरपालिका-२६ बिजयपुरस्थित न्यू हाईवे स्टाफ होटेल एण्ड लजबाट अवैध रुपमा चन्दा संकलन गरेको अभियोगमा झापा बिर्तामोड नगरपालिका-१ बस्ने ३४ वर्षीया एलिजा बस्नेत लगायत ३ जनालाई नगद ४ लाख ६ हजार ४ सय ६ रुपैयाँ सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

“युनिक स्वयंसेवक नेपाल” नामक संस्थाको नामबाट अबैध रुपमा चन्दा संकलन गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ४ भाद्र २०७८, शुक्रबार  ५ : १६ बजे