अब माधव नेपालले एमालेको नामै लिन नपाइने

काठमाडौं । नेता माधवकुमार नेपालको समूहले दर्ताका लागि निर्वाचन आयोगमा दिएको पार्टीको नाम अस्वीकृत भएको छ। 

नेपाल समूहले बुधबार ‘नेकपा एमाले (समाजवादीं)’ नामको पार्टी दर्ताका लागि निवेदन दिएको थियो। तर एमाले नामको पार्टी पहिले दर्ता रहेकाले यससँग मिल्दोजुल्दो नाम राख्न नपाइने भनेर आयोगले अस्वीकृत गरेको हो। 

यसअघि ऋषिराम कट्टेल नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी हुँदाहुँदै एमाले र माओवादी केन्द्र एकीकृत भई बनेको पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (ने क पा) अर्थात् कोष्ठमा फरक पारेर निर्वाचन आयोगमा दर्ता गर्दा पनि यसविरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतले अघिल्लो पार्टीसँगै नाम मिल्दोजुल्दो भएको भन्दै पछिल्लो नेकपा खारेज गरेको थियो।   यसैकारण निर्वाचन आयोग अहिले सजग भएको हाे । 

प्रकाशित मिति : ४ भाद्र २०७८, शुक्रबार  १ : २५ बजे