‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

मोटरसाइकल चोरेर भाग्दै गर्दा ३ जना पक्राउ

बाँके – कोहलपुर नगरपालिका-११ स्थित बसपार्कस्थित सडकमा मोटरसाइकल चोरी गरी लैजाँदै गरेको अवस्थामा ३ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा रुकुम पश्चिम चौरजहारी नगरपालिका-११ बस्ने २० वर्षीय सुन्दर मल्ल र सोही ठाउँ बस्ने २ जना १८ वर्षीय किशोर रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनीहरूलाई चोरी गरेको भे.३ प ६००४ नम्बरको १ थान मोटरसाइकल, मोटरसाइकलको १ थान हेड लाईट, १ थान ट्याङ्की कभर, १ थान स्क्रु ड्राईभर, १ थान रेन्ची, ७ थान मोटरसाइकल स्टिकर, ३ थान मोबाईल सहित फेला पारी पक्राउ गरेको हो । प्रहरीले उनीहरूको साथबाट नियन्त्रित लागूऔषध नाईट्राभेट १३ ट्याब्लेट समेत बरामद गरेको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

प्रकाशित मिति : ४ भाद्र २०७८, शुक्रबार  १ : ०५ बजे