देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

थप ४ हजार ९ सय २८ जनामा कोरोना संक्रमण, ३५ को मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ९ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा देशभर १२ हजार ५ सय ९७ नमूनाको पिसिआर परीक्षण र ९ सय ६३ जनाको एन्टिजेन परीक्षण भएको थियो। त्यसमध्ये पिसिआर विधिबाट ४ हजार ८ सय ३१ जना र एन्टिजेन विधिबाट ९७ जना गरी ४ हजार ९ सय २८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो।

योसँगै देशभर सक्रिय संक्रमित संख्या ३४ हजार १ सय १७  पुगेको छ। नेपालमा कूल सङ्क्रमितको सङ्ख्या भने तीन लाख १७ हजार ५ सय ३० पुगेको छ। गत २४ घण्टामा ८ सय ८८ जना उपचारपछि डिस्चार्ज भएका छन्। योसँगै निको हुनेको सङ्ख्या दुई लाख ८० हजार १६७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।आज देशभर ५९ जना क्वारेन्टिनमा छन्।

प्रकाशित मिति : १६ बैशाख २०७८, बिहिबार  ५ : ०८ बजे