‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

भारतीय दुतावास भित्र ताल्चा तोडेरे तालिबान लडाकुको प्रवेश

काठमाडौँ – अफगानिस्तान स्थित भारत सरकारको दुई दूतावास भित्र तालिबान लडाकुहरु प्रवेश गरेका छन्।

अफगानिस्तानको कान्दहार शहर र हेरात शहरस्थित दुई भारतीय वाणिज्य दूतावास भित्र तालिबानीहरु ताल्चा तोडेरै भित्र पसेको र खोज–तलासी गरेको हिन्दुस्तान टाइम्सले जनाएको छ।

तालिबानले भारतीय दूतावास भित्र पसेर त्यहाँ रहेको विभिन्न दराजहरुको खोज–तलासी गर्नुका साथै तोड्फोड गर्नुका साथै गाडीसहित चाहिने अन्य सामग्री समेत लगेका छन् । तालिबानहरुले अहिले हरेक घरमा छापा मारिरहँदा भारतीय दूतावासमा समेत ताल्चा फुटाएर प्रवेश गरेका हुन्।

तालिबानले भारतसँगको व्यापार ठप्प पारेर चीनसँगको सम्बन्धलाई निरन्तरता दिंदै आएको छ । अफगानिस्तानमा अहिले  भारतीय दूतावास बन्द छ भने चिनियाँ दूतावास खुल्ला  रहेको छ ।

प्रकाशित मिति : ४ भाद्र २०७८, शुक्रबार  १२ : २१ बजे