साफ यू–१७ च्याम्पियनसिप आजदेखि

ताङ्गु खोलामा झोलुङ्गे पुल निर्माण

सिन्धुपाल्चोक । पाँचपोखरी थाङपाल गाउँपालिका– ३ मा रहेको पवित्र धार्मिक तथा पर्यटकीयस्थल पाँचपोखरीसम्म पुग्न ताङ्गु खोलामा झोलुङ्गे पुल निर्माण गरिएको छ ।

गाउँपालिकाका अध्यक्ष टासी लामा र उपाध्यक्ष सुनिता अधिकारीले ७८ मिटर लामो सो पुलको बिहीबार शुभारम्भ गर्दै पूर्वाधार विकासमा गाउँपालिकाले उच्च प्राथमिकता दिएको बताउनुभयो । 

वडा नं ३ का वडाध्यक्ष ङिमा छिरिङ तामाङले तीर्थयात्रीको सहजताका लागि पुलबाट सहजत हुने विश्वास व्यक्त गर्नुभयो । गाउँपालिकाले कोरोनाको कारण यस वर्ष मेला स्थगन गरेको छ । 

क्षेत्रगत झोलुङ्गे पुल कार्यक्रम र गाउँपालिकाको आर्थिक सहयोग गरी रु ४४ लाखमा पुल सम्पन्न भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेशकुमार पोखरेलले जानकारी दिनुभयो  ।रासस

प्रकाशित मिति : ४ भाद्र २०७८, शुक्रबार  ११ : ५९ बजे