साफ यू–१७ च्याम्पियनसिप आजदेखि

कोरोना भाइरसको सङ्क्रमणका कारण बाँकेमा थप एक जनाको मृत्यु

नेपालगन्ज । बाँकेमा कोरोना भाइरसको सङ्क्रमणका कारण थप एक जनाको मृत्यु भएको छ ।

भेरी अस्पताल नेपालगन्जमा उपचाररत टिकापुर नगरपालिका-१ कैलालीका २८ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले बताउनुभयो ।

योसँगै कोरोनाबाट हालसम्म बाँकेका ३ सय २५ र बाँकेमा उपचाररत बाहिरी जिल्लाका ३ सय ८९ जनाको मृत्यु भएको छ । 

 

प्रकाशित मिति : ४ भाद्र २०७८, शुक्रबार  ११ : ५३ बजे