‘एउटै नाउरको सिकार गर्न २३ लाख’

दीपक मनाङ्गे गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्री नियुक्त

काठमाडौं ।   प्रदेश सभा सदस्य राजीव गुरुङ अर्थात् दीपक मनाङ्गे गण्डकी प्रदेश सरकारको युवा तथा खेलकुद मन्त्री नियुक्त हुनुभएको छ । 

प्रदेश नीति तथा योजना आयोगको सभा हलमा सोको जानकारी प्रदेश प्रमुखलाई दिइसकिएको र आजै  सपथ खुवाउने तयारी भएको सचिवालयले जनाएको छ।

आजै बसेको मन्त्रिपरिषद् बैठकले मन्त्री नरदेवी पुनले सम्हाल्दै आएको मन्त्रालय फुटाउने निर्णय गरेको थियो। 
 गुरुङ स्वतन्त्र सांसद हुनुहुन्छ । 

 

प्रकाशित मिति : १६ बैशाख २०७८, बिहिबार  ४ : ३८ बजे