‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

बागमती प्रदेश प्रमुख प्रसाईं पदमुक्त, माधव नेपाल निकट शर्मालाई नियुक्त गर्ने निर्णय 

काठमाडौं– सरकारले बागमती प्रदेशको प्रमुख परिवर्तन गरेको छ । हालका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंलाई हटाएर सरकारले यादव शर्मालाई प्रदेश प्रमुख नियुक्तिका लागि सिफारिस गरेको हो ।

आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले प्रदेश प्रमुखमा  शर्मालाई नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।

प्रदेश प्रमुखमा सिफारिस भएका शर्मा माधव नेपाल निकट हुनुहुन्छ ।

प्रकाशित मिति : ३ भाद्र २०७८, बिहिबार  ८ : ४२ बजे