‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

भन्सार छली लैजाँदै गरेको केराउ बरामद

बर्दिया – गुलरिया नगरपालिका-१० स्थित मिल नजिक खालि जमिनमा जम्मा गरी राखेको करिब १६ लाख ९१ हजार ५ सय रुपैयाँ मूल्य बराबरको १६८.७५ क्विन्टल केराउ गएराति प्रहरीले बरामद गरेको छ ।

भन्सार छली अवैध रुपमा केराउ भारततर्फ लैजाँदै गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बर्दिया र सिमा प्रहरी चौकी मथुराबाट खटिएको प्रहरीलाई देख्नासाथ संलग्न व्यक्तिहरू फरार भएपछि प्रहरीले उक्त केराउ र ८ थान साईकल बरामद गरेको हो । 

बरामद भएको केराउ र साईकल कारबाहीको लागि राजापुर भन्सार कार्यालय गुलरियामा पठाईएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ३ भाद्र २०७८, बिहिबार  ६ : २५ बजे