बुद्धको पुरानो मुर्ति किनबेच गरिरहेका पाँच जना पक्राउ

बर्दिया । बर्दियामा बुद्धको पुराना मुर्ति किनबेच गरिरहेका पाँच जना पक्राउ परेका छन्। प्रहरीले पुरातात्विक महत्वको बुद्धको मुर्तिसहित पाँच जनालाई पक्राउ गरेको हो।

बर्दियाको गुलरिया नगरपालिका–७ मा रहेको विजय गेष्ट हाउसमा केही मानिसहरु बहुमुल्य धातुको बुद्धको मुर्ति करौडौं रुपैयाँमा किनबेच गरिरहेको सुचनाको आधारमा प्रहरीले छापा मारेको थियो।

पक्राउ पर्नेमा गुलरिया नगरपालिका–७ का ४० वर्षीय निराजन उप्रेती, मधुवन नगरपालिका–१ का ३४ वर्षीय उज्वल रोकाय, वडा नम्बर ९ का ३४ वर्षीय अमृत राई, ठाकुरबाबा नगरपालिका–९ का ३२ वर्षीय ईश्वर प्रसाद उपाध्याय र जाजरकोट बारेकोट गाउँपालिका–२ का २९ वर्षीय मग बहादुर नेपाली रहेका छन्।

पुरातात्विक मुर्तिसहित पक्राउ परेका पाँचै जनालाई प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।

प्रकाशित मिति : ३ भाद्र २०७८, बिहिबार  ५ : २४ बजे